काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी गठबन्धनको सरकार मरिसकेको भन्दै अब पनि बोकेर हिँड्ने हो भने समाजमा हैजा फैलाउने टिप्पणी गरेका छन्।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार सम्पादकसँग आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘अहिलेको गठबन्धन काम नलाग्ने भइसक्यो अब बोकेर हिँड्न जरुरी छैन। निष्प्राण पनि भइसकेको छ। हानिकारक छ। समाजमा हैजा फैलाउँछ, समाजलाई दुषित बनाउँछ। यो देशका लागि मृत भइसकेको छ,’ उनले भने।
चुनावतर्फ देश जाँदा परमादेशी सरकारको कुनै अर्थ नभएको भन्दै उनले सकेसम्म एमाले राम्रो सहमतिको बाटोमा जान चाहेको भन्दै भएन भने देश कुबाटोमा जानबाट रोक्न बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।