काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले चलाउँछन् कि आरजु राणाले भन्दै व्यङ्ग्य गरेका छन्।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार सम्पादकसँग आयोजना गरेको कार्यक्रममा ओलीले देउवा र राणाको नाम नलिइकन यस्तो व्यङ्ग्य गरेका हुन्।
‘सरकार सरले चलाउनु हुन्छ की मेडमले चलाउनुहुन्छ। दिदीले चलाउनु हुन्छ की भाइ, सालो कसले चलाउँछ म जान चाहन्न,’ उनले भने,‘प्रधानमन्त्रीले चलाउनु हुन्छ की रियल पावर मै हुँ भन्नेले चलाउँछन् त्यसमा भनिरहन परेन।’
उनले वैदेशिक मुद्राको सञ्चिती नभएको भन्दै अहिले कुनै आयोजना सुरु गर्न सक्ने अवस्था समेत नरहेको बताए। राज्यका हरेक अंगलाई विस्थापित गर्ने काम भएको उनको भनाइ छ।
‘विश्वमै नभएको परमादेशको भोलि त एकवर्ष हुन्छ। प्रदेश चलाउन मन्त्रीकै गाडी देखाउने गरी मन्त्री बनाउनुपर्ने। विकास सरकारी कामकाजका लागि होइन जनताले राज्यबाट पाउने सेवा सुविधा उपलब्ध गराइदिनका लागि होइन,’ उनले भने, ‘गठबन्धन टिकाउन र कसैलाई मन्त्री बनाइदिनका लागि समूहका स्वार्थको परिपूर्तिका लागि भ्रष्टाचार त बेलगाम बढेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।