काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देखिएको अधोगतिमा ब्रेक नलगाउने हो भने श्रीलंका भन्दा पनि तल खस्न सक्ने चेतावनी दिएका छन्।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार सम्पादकहरुसँग गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘यसको प्रभाव कम्तिमा हामी श्रीलंकासम्म नै पुग्ने लक्षण देखिन्छ त्यो भन्दा अघि बढ्न पनि सक्छ। यही गतिमा जाने हो भने,’ उनले भने, ‘यो अधोगतिमा ब्रेक नलगाउने हो भने त्यो भन्दा उदो खस्न सक्छ। त्यस कारण अहिले नै सर्तक हुनुपर्ने देखिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।