काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले बजेट निर्माणमा 'अनाडी' मानिसहरू संलग्न भएको टिप्पणी गरेका छन्।
सोमबार केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘बजेट निर्माणको प्रक्रिया नै काफी छ। निर्माणमा अनाडी मानिसहरु संलग्न हुने व्यापारिक प्रतिनिधिलाई फाइदा पुग्ने काम गराइएको छ,’ उनले भने,‘अनाधिकृत मानिसलाई ल्याएर अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी अवाञ्छित काम भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।