काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ।
अपराह्न चार बजेबाट दुई नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।
आइतबार बिहान ८ सदस्य टोलीको नेतृत्व गर्दै चिनियाँ विदेश विभाग प्रमुख विदेश विभागका प्रमुख लिउ जियानचाओ काठमाडौं आएका हुन्।
चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।