काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउनु दुर्भाग्य भएको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले नागरिकता सम्बन्धी विधेयकका राजनीति गर्नु नहुने बताए।
'सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ। यो देश कस्तो भइसक्यो भने, नागरिकता पनि हामी राजनीति गर्छौँ। आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन्। तर उनका छोराछोरी (नागरिक) नहुनु भनेको दुर्भाग्य हो', उनले भने।
कोइरालाले नागरिकता विधेयक सम्बन्धमा छिटोभन्दा छिटो निर्क्यौल गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।