काठमाडौं – नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगटन अनेरास्ववियूका नेताहरु पक्राउ परेका छन्।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको परीक्षामा लापरबाही भएको भन्दै ध्यानाकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाउन गएका उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा अनेरास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु प्रेम विश्वकर्मा, विपिन पराजुली, त्रिवि संयोजक शोभा बम ठकुरी, सचिवालय सदस्य समिर गौतम, प्रकाश थापा, प्रज्वल विक्रम थापा, शंकरदेव क्याम्पस अखिल फोर्स सचिव सन्तोस शेर्पा, कैलासराज गिरी र नरदेब उपाध्याय रहेका छन्।
पटकपटक समय माग गर्दा पनि उपकुलपतिले कुनै पनि वास्ता नगरेपछि शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरी प्रशासनको आडमा दमन भएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य प्रेम विश्वकर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।