काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले आफ्नो प्रभावकारिता बढाउनुपर्ने बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार असफल भने नभएको बताए।
पौडेलले जनजीविकाको मुद्दा, मल तथा पाठ्यपुस्तक उपलब्ध गराउने सवाल, महंगी नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्ने, कूटनीतिक विषयहरुलाई व्यवस्थित गर्ने सवालमा सरकारले प्रभावकारिता बढाउनुपर्ने बताए।
टीका टिप्पणी हुने तथा अलोकप्रिय निर्णयहरु गर्न नहुने सुझाव पनि उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।