काठमाडौं- नेकपा एमालेले आगामी निर्वाचनमा मतवृद्धिका लागि तीनवटा उपायमा काम गर्ने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको अन्तरपार्टी निर्देशनमा ती तीन उपाय उल्लेख छन्।
पहिलो उपाय स्वरुप मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदाताको नाम समावेश गर्ने अभियान सञ्चालन गर्ने र दोहोरिएका नामहरु हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने भनिएको छ।
त्यस्तै, दोस्रो उपायमा आम जनसमुदायमा पार्टीका नीति र अजेण्डाको व्यापक प्रचार गर्ने र तेस्रो उपायमा एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।