काठमाडौं– चार दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेश विभाग प्रमुख लिउ चियान छाओको भ्रमणको दोस्रो दिन भ्रमण र भेटघाटमा व्यस्त भएका छन्।
सोमबार बिहान बिहान सुन्दरीजलमा रहेको बिपी संग्रहालयको भ्रमणमा पुगेका लिउले बेलुका प्रचण्डसँग एक होटलमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
जियानचाओले सोमबार ग्लोबल डेभलपमेन्ट तथा साउथ कोअपरेशन फन्डका सहयोगमा शान्ति निकुञ्ज मावि, वसन्तपुर मरुटोलमा सुरु भएको स्माइलिङ चिल्ड्रेन परियोजनाको सुरुआत कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
मंगलबार भने लिउले एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका नेताद्वय माधव नेपाल र झलनाथ खनालसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले बताएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनी स्वदेश फर्केने कार्यक्रम रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।