काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्।
महानगर प्रमुख शाह सोमबार मध्याह्न सर्वोच्च पुगेका हुन्।
बागमती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिन शाह सर्वोच्च पुगेका हुन्।
जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।