काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए।
सोमबारको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।