काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री खाण सोमबार बिहान खुमलटार पुगेका थिए।
सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। यसअघिको संसद्मा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउनेछ।
सरकारले नागरिकता सम्बन्धी विधेयक संसद् सचिवलायमा दर्ता गराइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।