काठमाडौं– दक्षिण अफ्रिकाको सोवेटा सहरमा १५ जनाको गोली हानेर हत्या गरिएको छ। स्थानीय प्रहरीले बताएअनुसार सोवेटोको ओर्लान्डोको पूर्वतर्फ आइतबार बिहान गोली चल्दा १५ जनाको हत्या भएको छ।
सेतो मिनिबसमा आएका बन्दुकधारीहरुले त्यहाँका युवाहरुको समूहमाथि गोली चलाएको प्रहरीले बताएको छ। १९ देखि ३५ वर्ष उमेरसमूहका युवाहरुलाई गोली हानी मारिएको छ।
स्थानीय टोबिकायीसे मेजीले भनेका छन्, ‘एकमाथि अर्को शरीर रगताम्य भएर डलेका थिए। अचानक आएका मान्छेले गोली हान्न थालेपछि हत्या भयो।’
गुटेङ राज्यका प्रमुख प्रहरी अधिकारी जेन इलियास मवेलाले बताएअनुसार हालसम्म हत्याको कारण के हो भन्ने खुलेको छ। प्रहरीले जारी गरेको विज्ञप्तीमा स्थानीय एक बारमा बन्दुकधारीहरु छिरेर अन्दाधुन्ध गोली चलाएका थिए।
मवेलाले भनेका छन्, ‘साइफल र ९ एमएम पेस्तोल बोकेर बारमा अन्दाधुन्ध गोली चलाइएको देखिएको छ।’
हाल प्रहरीले घटनाका दोषीहरुको खोजी गरिरहेको छ।
बीबीसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।