काठमाडौं– श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा कब्जा गरेका प्रदर्शनकारीले दुवै नेताले आधिकारिक रुपमा राजीनामा नदिँदासम्म घरबाट ननिस्किने बताएका छन्।
राष्ट्रपति गोटाबाटा राजापक्षे र प्रधानमन्त्री रनिल विक्रमसिंघेले राजीनामा दिएपछि मात्रै कब्जा गरिएका संरचनाबाट बाहिर निस्किने उनीहरूले बताएका छन्।
श्रीलंकाका सभामुखले शनिबार दिएको जानकारी अनुसार राष्ट्रपति गोटाबायाले १३ जुलाईमा राजीनामा दिने बताएका छन्। तर, यसबारेमा आधिकारिक रुपमा कुनै पनि किसिमको वक्तव्य आएको छ।
प्रधानमन्त्री विक्रमसिंघले भने शनिबार राष्ट्रपति र प्रधानमन्त्री भवनमा भएको विरोधपछि आफूले राजीनामा दिन तयार भएको जानकारी दिएका थिए। उनले ट्विटरमार्फत् यस्तो बताएका हुन्।
गम्भीर आर्थिक संकटबाट जुग्रिरहेको श्रीलंकामा अहिले निरन्तर विरोध प्रदर्शन भइरहेको छ। शनिबार भएको प्रदर्शनमा प्रधानमन्त्री विक्रमसिंघेको निजी आवासमा प्रदर्शनकारीहरुले आगो समेत लगाएका छन्।
न्युज एजेन्सी एएफपीसँग कुरा गर्दै प्रदर्शनकारी लाहिरु विरासेकराले भनेका छन्, ‘हाम्रो संघर्ष अहिले नै सकिँदैन। हामी तबसम्म संघर्षलाई सकिन दिँदैनौं, जबसम्म राष्ट्रपति रापपक्षे जाँदैनन्।’
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।