काठमाडौं- दक्षिण अफ्रिकाको जोहानिसबर्ग नजिकको सवेटो शहरमा रहेको एक बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जोहानिसबर्गमा रहेको सवेटोमा कयौं बन्दुकधारीले बारमा प्रवेश गरेर मानिसहरुमाथि गोली चलाएका थिए।
प्रहरीले दिएको जानकारी अनुसार आक्रमणकारी बन्दुक लिएर सवेटोको ओरलेण्डो ईस्टस्थित बारमा प्रवेश गरेका थिए र बारमा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाएका थिए।
आक्रमणकारी अहिलेसम्म पक्राउ परेका छैनन्। आक्रमणपछि उनीहरु एक मिनिबस चढेर भागेका थिए। अहिलेसम्म आक्रमणको कारणबारे जानकारी नभएको बीबीसीले उल्लेख गरेको छ।
यो बार पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको पुरानो घर भन्दा धेरै टाँढा छंन। घरमा संग्रहालय बनाइएको छ। दक्षिण अफ्रिकामा गोलाबारीको घटना पहिला पनि हुने गरेको थियो जसको सम्बन्ध ग्यांग या नसासँग जोडिएको हुन्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।