काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरू भएको छ।
दिउँसो १ बजेका लागि बस्ने भनिएको बैठक झण्डै २ घन्टा ढिलो गरी सुरू भएको हो। पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसिरहेको एक नेताले जानकारी दिए।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने बैठकमा सहभागी छैनन्। सोमबार बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न र भातृ तथा शुभेच्छुक संस्थाका विषयमा छलफल गर्न बैठक बसेकाे हाे।
बैठकमा संस्थापन इतर समूहका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसमेत सहभागी छैनन्।
पार्टी कार्यालयमा पदाधिकारी बैठक बसिरहँदा नेता शेखर कोइराला समूह भने छुट्टै छलफल गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।