काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववीयूले अर्जेन्टिनाको पार्तिया ग्रान्डे पार्टीकी नेतृ जिसेला कार्नाडासँग छलफल गरेको छ।
अर्जेन्टिनाको एक विश्वविद्यालयमा विद्यार्थी युनियनकी सभापतिसमेत रहेकी कार्नाडा नेपाल आएको अवसरमा अनेरास्ववीयूले उनीसँग छलफल र अन्तरक्रिया गरेको हो।
छलफलमा ल्याटिन अमेरिकाको वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनको भुमिका, अर्जेन्टिनाको शिक्षा प्रणाली र ल्याटिन अमेरिकामा अहिले देखिएको कम्युनिस्टहरूको विजयको विषयमा छलफल भएको छ।
वोलिभिया, निकारागवा, चिली, कोलम्विया लगायत देशहरूमा वामपन्थीहरूको विजयले समाजवादी आन्दोलन बलियो बन्दै गएको र यो समाजवादी उभारबाट साम्राज्यवादीहरू अत्तालिएको बताइएको छ।
‘ल्याटिन अमेरिकामा समाजवादी आन्दोलन पचास–साठी वर्ष यताकै बलियो बनेको छ। चेग्वेभारा, फिडेल, चाभेजहरूले देखाएको बाटोमा हामी पुगेका छौं। विश्वभरी नै समाजवादी आन्दोलनलाई बलियो बनाउँदै समाजमा समानता र न्याय स्थापित गरी श्रमिक वर्गले आफ्नो अधिकार प्राप्त गर्नुपर्दछ र यो संघर्षलाई विश्वव्यापी बनाउनु पर्दछ। यसको लागि विद्यार्थीहरू नै जाग्नु पर्छ,’ छलफलमा जेसिलाले भनिन्।
अनेकास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तले नेपालको विद्यार्थी आन्दोलन, यसले प्राप्त गरेका उपलब्धी, अहिलेका चुनौती, विद्यार्थी आन्दोलनको अबको बाटो र अन्तर्राष्ट्रिय विद्यार्थी नेटवर्क निर्माणको विषयमा आफ्नो धारणा राखेका थिए।
अनेरास्ववियूका नेताहरूले जिसेलालाई माउन्ट एभरेष्ट र गौतम बुद्वको पवित्र भूमि नेपालमा स्वागत गर्दै अनेरास्ववियू र अर्जेन्टिनाको विद्यार्थी संगठनबीचमा मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने बताएका छन्।
हाल जिसेला समाजवादी आन्दोलनको पक्षमा र साम्राज्यवाद विरोधी संघर्षको अन्तर्राष्ट्रिय अभियन्ता रहेकी छिन्। जिसेला चीनको कार्यक्रमपछि नेपाल आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।