बाजुरा– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नगरप्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्।
बिहीबार सम्पन्न भएको निर्वाचनमा एमालेका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्।
नगरप्रमुखमा बानियाँका निकटतम प्रतिद्वन्द्वाी नेपाली कांग्रेसका नगर प्रमुख रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन्।
यस्तै उपप्रमुखमा पनि कांग्रेसकाबा उम्मेदवार बनेकी रिता शाहीले ३ हजार ७ सय ५५ मत ल्याएकी छिन्।
१० वटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले जितेका छन्।
वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्। वडा नं ४, ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ।
वैशाख ३० गतेको निर्वाचनमा धाँधली भएको कांग्रेसले गुनासो गरेपछि असार २३ फेरि मतदान भएको थियो। २०७४ सालमा भने उक्त नगरपालिका कांग्रेसले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।