काठमाडौं- पुन: निर्वाचन भएको बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
जम्मा ५ सय मत गन्न बाँकी रहँदा एमालेले त्यो भन्दा झन्डै दोब्बर ९ सय ५८ मतले अगाडि रहेको छ।
जम्मा ८ हजार ६ सय १७ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४ हजार ५५५ मत ल्याएका छन्।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ५९७ मत ल्याएका छन्।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० ल्याएकी छन्। कांग्रेसकी रिता शाहले ३ हजार ६०० मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।