काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक अघि रणनीति तय गर्न नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै छ।
बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा आइतबार १२ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।
पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे पदाधिकारी बैठक बस्नु अघि छलफल गर्न लागिएको कोइराला पक्षले जनाएको छ। पदाधिकारी बैठकमा छलफलका अजेन्डाबारे अहिले नै प्रष्ट नभए पनि भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा छलफल हुने पाण्डेले जानकारी दिए।
नेपाली कांग्रेसको महाधिवेशनपछि गठन गर्नुपर्ने विभाग र भ्रातृसंस्थाहरुमा निर्णय हुन सकेको छैन। त्यस्तै पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा चलेको भन्दै कोइरालापक्षले बिरोध गर्दै आएका छ। उनीहरुले पछिल्ला दिनहरुमा निरन्तर छलफल गर्दै सशक्त रुपमा दबाब दिने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।