काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ चारदिने भ्रमणका लागि नेपाल आउँदै छन्।
उनी आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
बुधबारसम्म नेपाल भ्रमणमा रहँदा उनले उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। उनले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने छन्।
भेटवार्ताका लागि चिनिया दूतावासले आवश्यक समन्वय गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।