काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। अब वडा नम्बर ५ र ६ को मतगणना बाँकी छ। हाल वडा नम्बर ६ को मतगणना चलिरहेको छ।
वडा नम्बर ६ को २०० मत गणना हुँदा प्रमुख, उपप्रमुख र वडाध्यक्षमा एमालेकै अग्रता छ। प्रमुखमा एमालेको ११५, उपप्रमुखमा १२६ र वडाध्यक्षमा १०४ मत आएको छ।
उता नेपाली कांग्रेसको प्रमुखमा ८१, उपप्रमुखमा ७१ र वडाध्यक्षमा ९१ मत आएको छ।
वडा नम्बर १, २, ३, ९ र १० मा एमाले निर्वाचित भएको छ भने वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ।
गत वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको निष्कर्षसहित निर्वाचन आयोगले बुढीगंगामा यही असार २३ गते पुन: निर्वाचन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।