काठमाडौं– श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेकाे घरमा प्रदर्शनीकारीले आगाे लगाएका छन्। उनकाे निजी निवासमा गएराति आगाे लगाइएका हाे।
उननकाे निजी निवास काेलम्बाे ७ इलाकामा छ। याे सहरकाे सबैभन्दा हाइप्राेफाइल इलाकामध्ये एक हाे। शुक्रबार साँझसम्म विक्रमसिंघे, उनकी पत्नी र सन्तान त्यहीँ रहेकाे बताइएकाे छ।
राति भने उनको परिवार र कर्मचारी एक सुरक्षित ठाउँमा सारिएको थियाे। घर पूरै जलेर खरानी भएकाे छ। प्रदर्शनकारीले घरमा रहेका सवारी साधन पनि जलाइदिएका छन्।
प्रहरी र सैनिक तैनाथ भएपनि उनीहरू भीड राेक्न असफल रहे। शनिबार दिउँसो राष्ट्रपतिकाे घर ताेडफाेड गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।