काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८८१ ल्याएका छन्।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७५३ ल्याएकी छन्। कांग्रेसकी रिता शाहले ३ हजार १५३ मत ल्याएकी छन्। उपप्रमुखमा ६ सयले एमाले अगाडि रहेको छ।
हालसम्म ७ हजार ४१९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अब वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ। बुढीगंगामा जम्मा ९ हजार १ सय १७ मत खसेको थियो।
गत वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको निष्कर्षसहित निर्वाचन आयोगले बुढीगंगामा यही असार २३ गते पुन: निर्वाचन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।