काठमाडौं–श्रीलंकाका राजनीतिक दलहरुले तत्काल राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्।
शनिबार दिनभरको तनावपछि बसेको सर्वदलीय बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गरेको हो। विपक्षी सांसद हर्ष डी सिल्भाले बैठकमा बहुमत सदस्यले राजीनामाको माग गरेको बताए।
दलहरुले संविधानअनुसार सभामुखले बढीमा ३० दिनसम्मका लागि राष्ट्रपतिको रुपमा काम गर्ने प्रस्ताव गरेका छन्। यसका साथै अन्तरिम सरकार निर्माण गर्नुपर्ने र चाँडै चुनाव गराउनुपर्ने माग पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।