काठमाडौं–बिहीबार सम्पन्न बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ। मेयर पदमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ १५७२ मतले अगाडि छन्।
५६२५ मत गणना गर्दा अहिलेसम्म भएको मतगणनामा बानियाँले ३ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले एक हजार ८ सय ७३ मत प्राप्त गरेका छन्।
हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म नगरपालिकाको वडा नम्बर १, २, ३, ८, ९ र १० को मतगणना सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।