काठमाडौं–बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनमा कांग्रेसको पकड क्षेत्र मानिएको वडा नम्बर ७ मा पनि एमालेकै मेयर उम्मेदवारले अग्रता लिएका छन्।
पछिल्लो विवरणअनुसार उक्त वडाबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले ९४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रंग खातीले ८४ मत ल्याएका छन्। यस्तै कांग्रेसले उपमेयर तथा वडाध्यक्षमा अग्रता लिएको छ। कांग्रेसकी उपमेयर उम्मेदवार रिता शाहीले ८५ मत ल्याउँदा एमालेकी उम्मेदवार माया खड्का कुँवरले ८३ मत ल्याएकी छन्।
वडाध्यक्षमा पनि कांग्रेस नै अघि छ। कांग्रेसका उम्मेदवारले ८७ मत पाउँदा एमालेले ८० पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।