काठमाडौं–बिहीबार सम्पन्न बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ। मेयर पदमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ १५६२ मतले अगाडि छन्।
हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म नगरपालिकाको वडा नम्बर १, २, ३, ८, ९ र १० को मतगणना सम्पन्न भएको हो।
अहिलेसम्म भएको मतगणनामा बानियाँले ३ हजार ३ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले एक हजार ७ सय ८९ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्काले अग्रता लिएकी छन्। उनले तीन हजार २ सय ५८ मत पाउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले एक हजार ८ सय ६२ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।