काठमाडौं– बिहीबार सम्पन्न बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ। मेयर पदमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ झण्डै दोब्बर मतले अगाडि छन्।
चार वटा वडाको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म नगरपालिकाको वडा नम्बर १,२, ९ र १० को मतगणना सम्पन्न भएको हो।
यस्तै वडा नम्बर ३ र ८ को मतगणना जारी रहेको बताइएको छ। वडा नम्बर ८ को चार सय र ३ को ३०३ मतगणना भएको छ। योसँगै अहिलेसम्म ४ हजार ९ सय ६५ मत गणना गरिएको छ।
अहिलेसम्म भएको मतगणनामा बानियाँले ३ हजार ६४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले एक हजार ६ सय २९ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा पनि एमालेकी मायाँ कुमारी खड्काले दोब्बर मतले अग्रता लिएकी छन्। उनले तीन हजार १३ मत पाउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले एक हजार ६ सय ७५ मत प्राप्त गरेकी छन्।
वडा न १, २, ९ र १० वडाहरुमा नेकपा एमाले विजयी भएको छ। अहिले गणना भइरहेका वडा नम्बर ३ मा पनि नेकपा एमालेका वडाध्यक्षको अग्रता रहेको छ। वडा नम्बर ८ मा भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारको अग्रता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।