काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नुको औचित्य घटनाक्रमले पुष्टि गरिसकेको बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस विषयमा माथापच्ची गर्नुपर्ने आवश्यकता नहरेको बताए।
उनले आफूहरुले कम्युनिस्ट आन्दोलनलाई जोगाउन र माथि उठाउन चाहेको बताए। 'कम्युनिस्ट आन्दोलनलाई जनताका बीचमा लोकप्रिय बनाउन चाहन्छौँ। कम्युनिस्ट पार्टीको क्रान्तिकारी धारलाई अझै धारिलो बनाएर अगाडि बढ्न चाहन्छौँ। पार्टीको क्रान्तिकारी दृष्टिकोणमा दृढताका साथ उभिन चाहन्छौँ। देशभक्तिको झन्डा बुलन्द गर्न चाहन्छौँ। लोकतन्त्रको पक्षमा हामी अग्रपंक्तिमा उभिन चाहन्छौँ', अध्यक्ष नेपालले भने।
उनले आफ्ना उद्देश्यका खातिर अगाडि बढिरहेको बताए। त्यसका लागि मित्रहरु र वामपन्थी शक्तिहरुहसँग हातेमालो गर्दै जाने उनको भनाइ छ। 'लोकतन्त्र बचाउनका लागि, परिवर्तनका हिमायतीसँग, परिवर्तनकारीसँग पनि, समाजवादको पक्षपोषकसँग समाजवादको हातेमालो गर्दै अगाडि जानेछौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।