काठमाडौं– गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारमाथि भएको अन्तर्घात छानबिन गर्न माओवादी केन्द्रले छानबिन समिति गठन गरेको छ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको बैठकले तीन सदस्यीय छानबिन समिति बनाएको नेता कृष्णबहादुर महराले जानकारी दिए।
समितिको अध्यक्षता अनुशासन विभागका अध्यक्ष टंक राईले गर्नेछन्। अन्य दुई सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन्।
चुनावमा पार्टीभित्रबाट घात अन्तर्घात भयो र कतिपय केन्द्रीय समितिकै सदस्यका विरुद्धमा पनि आवाज उठेको हुनाले छानबिन समिति बनाएको महराले बताए।
त्यस्तै, पार्टीनिकट विद्यार्थी संगठनमा देखिएको समस्या समाधानको सुझाव दिनका लागि पनि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल सम्मिलित सुझाव समिति बनाइएको छ।
'उहाँहरुले सुझाव दिनुहुन्छ। स्थायी कमिटीले निर्णय गर्छ', महराले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।