काठमाडौं– नेकपा माओवादीको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
पार्टी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट गठन भएको स्थायी समितिको पहिलो बैठक शनिबार बसेको हो। केन्द्रीय समितिले ४१ सदस्यीय स्थायी समिति रहने निर्णय गरे पनि सबै सदस्य टुंगिएका छैनन्।
शनिबार पार्टी कार्यालयमा बसेको बैठकमा केन्द्रीय समितिको निर्णयानुसार पोलिटब्यूरो र स्थायी समितिलाई पूर्णता दिने विषयमा छलफल हुने जनाइएको छ। यस्तै, पार्टी पदाधिकारीको विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।