नयाँ दिल्ली– भारत प्रशासित जम्मु–कश्मीरमा रहेको हिन्दू धार्किकस्थल अमरनाथमा आएको आँधी र वर्षाका कारण कम्तीमा १५ जना तीर्थयात्रीको मृत्यु भएको छ। वर्षासँगै आएको बाढीमा परेर ४० जना बेपत्ता भएका जनाइएको छ।
अमरनाथ गुफा नजिकै 'बादल फाटेर' भारी वर्षा हुँदा आएको बाढीले तीर्थयात्रीहरु बगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। शुक्रबार साँझ करिब ५:३० बजे एक्कासी आँधी र वर्षा सुरु भएको थियो।
भारी वर्षापछि अर्को सूचना जारी नहुञ्जेल सम्मलाई अमरनाथ यात्रामा रोक लगाइएको छ।
अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको जनाइएको छ। घाइतेहरुलाई अस्पताल पुर्याउनका लागि सेनाको हेलिकोप्टर परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।