मार्तडी– बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका हुन्।
विजयी सिंहले ४ सय ९२ मत प्राप्त गरे। ५ दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापा २ सय ९३ मतमा सीमित रहे।
वडा नम्बर ९ बाट एमालेका मेयर उम्मेदवारले ५४२ प्राप्त गरे। काँग्रेसका मेयर उम्मेदवारले २५६ प्राप्त गरे। यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ५४२ र कांग्रेसका उम्मेदवारले २६० मत प्राप्त गर।
१ हजार ४८३ मतदाता रहेको वडा नम्बर ९ मा ९३ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।