काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ६०२ मतले अगाडि छन्।
पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ५९२ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खाती ९९० मतसहित पछ्याइरहेका छन्।
उपमेयरमा नेकपा एमालेका उम्मेदवार माया कुमारी खड्का(कुवँर)ले १ हजार ५५७ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले १ हजार १० मत प्राप्त गरेकी छन्।
वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले वडा नम्बर २ र ९ को जारी रहँदा कूल २ हजार ७४० मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।