काठमाडौं–बाजुराको बु्ढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद विजयी भएका छन्।
काँग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्। विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याए भने मोहनबहादुर बुढाले ४ सय ९१ मत ल्याए।
सोही वडाबाट एमालेका नगरप्रमुख उम्मेदवार रामबहादुर बाँनियाले ६ सय २, काँग्रेसका रंगबहादुर खातिले ४ सय ३६ मत ल्याएका छन्।
उपप्रमुख एमाले उम्मेदवारको ५ सय ७५ र नेपाली काँग्रेस उपमेयर उम्मेदवारको ४ सय ७१ मत आएको छ। यसअघि बुढीगंगा १ मा पनि एमाले विजयी भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।