काठमाडौं–बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनमा वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन्। उनले कांग्रेस उम्मेदवार लोगबहादुर थापालाई पराजित गरे।
विजयी थापाले ३५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लोगबहादुर थापाले ३१८ मत ल्याए। सोही वडाबाट एमालेका मेयरकाे ३५० तथा काँग्रेसका मेयरको ३३८ मत आएको छ भने एमालेका उपमेयर उम्मेदवारले ३५० र काँग्रेसका उपमेयर उम्मेदवारले ३३८ मत ल्याएका छन्।
१३२६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेको थियाे। २०७४ को स्थानीय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।