काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गरेका छन्।
पार्टी जनवर्गीय संगठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको बताए। हिन्दूराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले आगामी दिनमा सम्वर्द्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्ति बन्ने जिकिर गरे।
अध्यक्ष थापाले सम्वर्द्धनवाद र हिन्दूत्वको मुद्दालाई अगाडि बढाएको राप्रपा नेपालले धर्म परिवर्तन, बेरोजगारी समस्या, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी देश विकासमा भूमिका निर्वाह गर्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।