बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका रामबहादुर बानियाँले अग्रता बढाएका छन्। एक हजार मत गन्दासम्म बानियाँले ५२० मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ४ सय २७ मत पाएका छन्। खातीभन्दा बानियाँ ९३ मतले अगाडि छन्।
यस्तै उपमेयरमा पनि एमालेकी माया खड्का कुँवरले अग्रता लिएकी छिन्। कुँवरले ५१५ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले ४३५ मत प्राप्त गरेकी छन्।
वडा नं १ र १० को मत गणना भइरहेको छ। वडा नं १० को ६ सय र १ को चारसय मत गणना भएको हो। वडाध्यक्षमा पनि दुवैमा एमाले अगाडि छ।
गत बैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।