काठमाडौं– न्याय परिषद्ले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले रिक्त न्यायाधीश नियुक्तिका लागि सातदिने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।
परिषद्का प्रवक्ता सहसचिव मानबहादुर कार्कीले सातदिने सूचना प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार परिषद्को निर्णय बमोजिम अब आउने सोमबार सूचना प्रकाशित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।