काठमाडौं– सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक फिर्ता सम्बन्धी प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको छ।
नेकपा एमालेका सांसदको चर्को विरोधकाबीच उक्त विधेयक फिर्ता भएको हो। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले फिर्ता प्रस्ताव राखेका थिए।
उक्त विधेयक फिर्ताको विरोधमा प्रतिपक्षी सांसदहरूले विरोध दर्ता गरेका थिए। तर, दर्ता भएका विरोधलाई अस्वीकृत गर्दै मन्त्री खाणको प्रस्तावलाई पारित गरिएको छ।
यद्यपि मन्त्री खाणले चाँडै नै नयाँ विधेयक दर्ता गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।