काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकाको चार सय मत गणना हुँदा एमाले झिनो मतले अघि रहेको छ।
चारसय मत गन्दा मेयरका लागि एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक सय ८९ पाएका छन्। भने गठनबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रंग खातीले १८० मत पाएका छन्।
उपमेयरमा एमालेकी माया खड्का कुँवरले १८७ मत पाएकी छिन् भने कांग्रेसकी रिता शाहीले पनि समान १८५ मत पाएकी छिन्।
वडा नं १० को मतगणनामा वडाध्यक्षमा भने कांग्रेस अगाडि छ। कांग्रेस उम्मेदवारले ९५ र एमालेकाले ८९ मत पाएका छन्।
वडा नं १ मा २ सय गणनामा वडाध्यक्षमा एमालेका उम्मेददवार ९२ मतसहित अगाडि र कांग्रेसका ८४ मतसहित पछ्यााइरहेका छन्।
वैशाख ३० गतेको निर्वाचनमा दुवै पक्षले धाँधली गरेको देखिएपछि असार २३ गते फेरि मतदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।