काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकाको प्रारम्भिक मत गणनामा एमालेलाई अग्रता मिलेको छ। दुई सय मत गन्दा मेयरका लागि एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक सय मत पाएका छन्।
प्रतिष्पर्धी गठनबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रंग खातीले ८८ मत पाएका छन्। उपमेयरमा एमालेकी माया खड्का कुँवरले ९५ र कांग्रेसकी रिता शाहीले पनि समान ९५ मत पाएकी छिन्।
वडा नं १० को मतगणनामा वडाध्यक्षमा भने कांग्रेस अगाडि छ। कांग्रेस उम्मेदवारले ९५ र एमालेकाले ८९ मत पाएका छन्।
वैशाख ३० गतेको निर्वाचनमा दुवै पक्षले धाँधली गरेको देखिएपछि असार २३ गते फेरि मतदान गरिएको थियो। दिउसो १ बजेदेखि मतगणना थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।