काठमाडौं– जनार्दन शर्मालालाई अर्थमन्त्रीबाट हटाउने हुति नेपाली कांग्रेससँग नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्।
एक कार्यक्रम बोल्दै उनले कांग्रेससँग हुति र विचार केही नभएको टिप्पणी गरे।
उनले भने, ‘कांग्रेस त जे गरे पनि बोल्नै नसक्ने। मन्त्रीले जे गरे पनि हेरेको हेर्यैइ। केही गर्ने हुति नै छैन। विचार नै छैन। मन्त्रीले आफैं राजीनामा गरेर हो। प्रधानमन्त्रीसँग निकाल्ने हुति नै छैन।’
उनले सत्ता स्वार्थ यस्तो हुने बताउँदै देउवा नेतृत्वको सरकार अबिलम्ब हट्नुपर्ने उल्लेख गरे। आफूले संसद्मा अति भएको बताइसकेको उल्लेख गर्दै थपे, ‘अतिबाट पनि अति भयो। अब यो सरकार स्वीकार्य हुन सक्दैन। यो सरकारको काम छैन। अबिलम्ब हट्नुपर्दछ।’
वर्तमान सरकारलाई एक वर्षमा एउटा राम्रो काम गरेको देखाउन ओलीले चुनौती दिएका छन्। उनले सरकारलाई नालायक, भ्रष्ट, अनैतिकलगायतको आरोपसमेत लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।