काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्ति गरेकी छन्।
राष्ट्रपति कार्यलयद्वारा शुक्रबार जारी एक विज्ञप्तिमा उल्लेख गरेअनुसार ओमनका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी र श्रीलंकाका लागि वासुदेव मिश्र रहेका छन्।
नेपालको संविधान धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्ति गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।