काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई भोट दिनुपर्ने कुनै कारण नभएको बताउँदै सजग हुन आग्रह गरेका छन्।
प्रचण्डपथ देशलाई भड्खालोमा लाने पथ भएको दाबी गर्दै उनले ‘जनयुद्ध’का नाममा मान्छे मारेको भन्दै रोष प्रकट गरे।
‘अझै नेपाली जनतासँग खुलस्त माफी माग्नु छैन। नेपाली जनतालाई कहिले बुझाइसक्ने होला, अझै त्यस्तालाई भोट हालिरहेकका छन्,’ उनले भने, ‘फेरि हिजो गल्ती गरेँ सप्रिन्छु भनेर भोट दिएको हो र? राजीखुशीले भोट देऊ नत्र दुर्घटना हुन्छ। तै पनि भोट आएको छ। कमसे कम अब त आँखा खोल्नुहोस्।’
उनले सबै कुरा शान्त ढंगले चलिरहेका बेला अकारण मान्छे मार्ने कल्पना गर्न नसकिने बताउँदै प्रचण्डको बुद्धिले मात्रै त्यस्तो अपराध गर्न सक्ने बताए।
उनले थपे, ‘यस्ताहरुको बहकाउमा सरकार बनेको छ। लोकतन्त्र र राष्ट्रियता कमजोर पार्ने काम भएको छ। बजेट बनाउँदै व्यापारीका प्रतिनिधिले भनेअनुसार करका दर तय गरिएको छ। उनीहरुका लागि विभिन्न छुट तय हुन्छ। इन्सेन्टिभ तय हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।