काठमाडौं- जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी क्षेत्रमा त्यतिबेला आक्रमण भएको थियो जति बेला उनी सडकमा भाषण गरिरहेका थिए।
सिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले उनीमाथि पछाडिबाट गोली प्रहार भएको जनाएको छ। जापान टाइम्सका अनुसार, आबेको अवस्था गम्भीर छ। जापानी सञ्चारमाध्यमले गोली लागेपछि आबेको मुटु बन्द भएको जनाएका छन्। जापान टाइम्सका अनुसार, गोली लागेपछि आबेको गर्दनमा चोट लागेको छ र टाउको भित्र रगत बगेको छ।
जापानका प्रधानमन्त्री फुमियो किसिदाले आबेको अवस्था गम्भीर रहेको बताएका छन्। 'म प्रार्थनासहित अपेक्षा गर्छु कि आबे ठिक हुनेछन्', उनले भनेका छन्, 'यो आक्रमणको कडा शब्दामा निन्दा गर्छु। लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान छैन।'

जापानी मिडिया रिपोर्ट्सलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार आबे घाइते अवस्थामा बेहोस छन्। एनएचकेको रिपोर्ट अनुसार, जब उनलाई एम्बुलेन्समा अस्पताल लगियो त्यति बेला उनी होसमा थिए।
प्रहरीले ४१ वर्षका संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ। संदिग्ध आक्रमणकारीलाई नाराको निसी प्रहरी स्टेशन लगिएको छ। जापानी सञ्चारमाध्यमका अनुसार आक्रमणकारी मैरीटाइम सेल्फ-डिफेन्स फोर्सका सदस्य हुन्।
आक्रमणकारीको पहिचना तेत्सुया यामागामीको रुपमा दिइएको छ। उनी नारा सिटीमा बस्छन्। जापानको सरकारी सञ्चारमाध्यम एनचकेका अनुसार, ह्याण्डमेड पेस्तोलबाट गोली प्रहार गरेका थिए।
आवेमाथिको गोली प्रहार भएसँगै विश्वका नेताहरुले दु:ख व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।