काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुई विधेयक प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपति कार्यालयका अनुसार बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।