काठमाडौं- न्यायाधीश नियुक्ति सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित भएको छ।
गत गत मंगलबारको न्याय परिषद् बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि मापदण्ड पारित गरेको थियो।
न्यायाधीश नियुक्ति प्रक्रिया सम्बन्धी मापदण्ड, २०७९ मा ११ उपदफा र १८ अनुसूची रहेका छन्। यसअघि न्यायाधीश नियुक्ति परिषद्को रोजाइमा हुने गरेको थियो।
उक्त प्रक्रिया आपरदर्शी भएको भन्दै आवाज उठेपछि कायममुकारयम प्रधानन्यायाधीश दिपककुमार कार्की नेतृत्वको परिषद्ले मापदण्ड निर्माण गरेको हो। हाल उच्च अदालतमा पाँच मुख्य न्यायाधीश र १५ न्यायाधीश रिक्त रहेका छन्। त्यस्तै, जिल्ला अदालतमा २३ र सर्वोच्चमा २ न्यायाधीश रिक्त छन्।
वैशाख ११ गते जिल्ला र उच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति गर्न बसेको न्यायपरिषद् बैठकले मापदण्ड बनाउने निर्णय गरेको थियो।
कामु प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश नियुक्तिमा धेरै प्रश्न उठेकाले यसलाई पारदर्शी बनाउन मापदण्ड चाहिने ठहर गरेको थियो।
मापदण्ड बनाउन कानुन मन्त्री गोविन्द शर्मा, न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी र न्याय परिषद् सचिव देवेन्द्रराज ढकाल रहेको समिति बनेको थियो।
समितिले तीनै तहका अदालतमा न्यायाधीश नियुक्ति गर्दा अपनाउनुपर्ने मापदण्ड बनाउने क्षेत्राधिकार पाएको थियो। समितिले जेठको दोस्रो साता मापदण्डको मस्यौदा परिषदलाई बुझाएको थियो।















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।